निर्मलालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन, १२ जना पक्राउ

निर्मलाको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रदर्शनकारीले चार महिना नाघिसक्दापनि दोषि पक्राउ नगरेको भन्दै विरोधमा माइतीघर मण्डलामा नाराबाजी र पोष्टर टाँसेका थिए ।

अाफूहरूमाथि धरपकड भएपनि पोष्टर टाँस्नेक्रम जारी रहेको प्रदर्शनमा सहभागी प्रितम सुवेदीले बताए ।

तस्बिर साैजन्य : प्रितम सुवेदी