लमजुङमा स्थानीय तह स्तरीय भलिबल प्रतियोगिता सुरु

लमजुङमा स्थानीय तहलाई आधारित बनाएर शुक्रबारदेखि भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक एवं सांसद मायानाथ अधिकारीले उद्घाटन गरेका थिए ।

प्रतियोगिता उद्घाटन गर्दै अधिकारीले भलिबल खेलमा सम्भावना भएकाले खेलको संरक्षण गर्नुपर्ने बताए । उनले भने, ‘प्रतियोगिताले जिल्लाभित्र रहेका खेलाडीको प्रतिभालाई बाहिर ल्याउन मद्दत पुग्नेछ ।’

प्रतियोगितामा जिल्लामा चार नगरपालिका र चार गाउँपालिकाका खेलाडीको समूह सहभागी रहेको छ । जिल्ला भलिबल संघ लमजुङका अध्यक्ष दिवाकर बरालले जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रतियोगिताले भलिबल खेलप्रति युवाको आर्कषण बढ्ने बताए ।

प्रतियोगिताको पहिलो खेलमा मस्र्याङदी गाउँपालिका र बेँशीसहर नगरपालिकाबीच प्रतिस्पर्धा भएको थियो । खेलमा बँशीसहर नगरपालिकालाई हराउँदै मस्र्याङदी गाउँपालिका दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाइ ५० हजार रुपैयाँ, दोस्रो टिमलाई २५ हजार रुपैयाँ तेस्रो हुने टिमलाई १०÷१० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने जिल्ला भलिबल संघ लमजुङका अध्यक्ष बरालले बताए ।