पोखरामा प्रथम सोनाम ल्होछार महोत्सव हुने

‘ड्वा’ल्हो को अवरमा – पोखरामा प्रथम सोनाम ल्होछार महोत्सव हुने |

महोत्सवमा तामाङ पहिचान झाल्किने विविध कार्यक्रम साथै नेपालका चर्चित कलाकारको साथमा कन्सर्ट समेत हुने कार्यक्रमाका संयोजक अमन तामाङ ले जानकारी दिनुभयो ।

आयोजक – नेपाल तामाङ घेदुङ नालामुख इकाई समिति कास्की
( इन एसोसियसन विद नेपाल तामाङ घेदुङ, कास्की)

तामाङ जातिहरुको महान पर्व तथा नेपालीहरुको राष्ट्रिय चाड महामंजुश्री सम्बद २८५५ औ ‘ड्वा’ ल्हो सोनाम ल्होछारको अवसरमा पोखरामा ” प्रथम तामाङ सोनाम ल्होछार महोत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङ्ग नालामुख इकाईको आयोजनामा हुने उक्त कार्यक्रम माघ १८-२६ सम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा हुनेछ ।

२०७५ साल माघ १८ गतेदेखि माघ २६ गतेसम्म
पोखरा प्रर्दशनी केन्द्र, नयाँबजार

‘ल्हो’ भनेको वर्ग र ‘छार’ भनेको नया अर्थात नया वर्ष जुन दिनबाट तामाङ समुदायमा नया वर्गको सुरुवात हुन्छ। यो वर्ष ‘नगि ’ अर्थात् कुकुर वर्षबाट ‘ड्वा’ अर्थात सुँगुर वर्ष सुरुवात हुदै छ त्यसैले विशेष गरि तामाङ समुदायले यो पर्व विभिन्न कार्यक्रम गरि हर्सोल्लासका साथ् मनाउने गर्दछ ।


यो पर्व नेपालभन्दा बाहिर पनि चिन, कोरिया, जापान ,मलेसिया ,सिंगापुर, भियतनाम, लाओस, थाइल्यन्द ,वर्मा लगायतका देशहरुमा पनि मनाउने गर्दछ ।।।


We have Mongolian Heart live 
@पथ्रम ल्होछार महोत्सव–२०७५ – 26th Magh(Feb 9th,2019)
https://www.facebook.com/events/1084743878399711/?active_tab=about

www.aafnoticket.com/about-us