नेपाली मन मस्तिष्कमा बस्न सफल गायक राजु लामा अब भक्तपुरमा।

नेपाली मन मस्तिष्कमा बस्न सफल गायक राजु लामा अब भक्तपुरमा।

मङ्गोलिएन हर्ट एक साङ्गितिक समूह जुन आज भन्दा २५ बर्षा अघि स्थापना गरिएको समूह हो।यो समुहले दर्जनौं भन्दा बढी नेपाली लोक पप र सेलो पपमा आफ्नो कयौं सुमधुर र चर्चित गितहरु श्रोता र दर्शक माज पस्किसकेका छन।

यो समुहले आफ्नो सुरुवातमा नै “बादल पारिको देशबाट” “उभो उभो खासा” गाजलु टीका” जस्ता लोकप्रिय गितहरु श्रोता र दर्शकहरुको माजमा ल्याउन सफल भएका थिए, फलस्वरूप मोङ्गोलिएन हर्ट सबैको मन मस्तिष्कमा बस्न सफल भए। “मेरो नेपाल” “पर्खाइमा” “तिमिलाई देखेर” “हल्ला चलेछ” जस्ता थप लोकप्रिय गितहरुका कारण सबैका ढुकढुकि बन्न आझ सफल भए।

📞 9861484630 📞9851104277

देश बिदेश सबै ठाउमा आफ्नो प्रस्तुति राखिसकेका समूहले आफ्नो २५ बसन्त पार भएको उपलक्ष्यमा २५ ओटा विभिन्न ठाउहरुमा प्रस्तुती दिने उदेश्य लिएर अघि बडिरहेका छ्न भने कतिपय ठाउमा आफ्नो प्रस्तुती दिईसकेका छन।

यहि जेष्ठ १८ गते भक्तपुर स्थित सल्लाघारी चौरमा आफ्नो प्रस्तुती दिन तयारी अबस्थामा रहेका समुहको मुख्य सदश्य गायक राजु लामा ले बताएका छ्न।

अयोजक “आफ्नो टिकट” र इभेन्ट म्यानेजर लोप्साङ्ग लामाका अनुसार सो इभेन्ट गर्ने मौका मिलेकोमा खुशी व्यक्त गरेका छन। यो इभेन्ट एउटा याददायक हुने पनि जनएका छ्न।