
यहि पौष १३ गते पोखरामा हुने निलिमा साँझको लागि टिकट खुला भए संगै दर्शकको आकर्षण बढ्दो छ । पोखराको उधोग शभा हलमा हुने कार्यक्रम पौष 13 गते 1 बजे पछि शुरु हुने छ ।
उक्त कार्यक्रमको अहिले व्यापक प्रचार प्रसार चलेको कुरा निलिमा थापा सहयोग समितीका महासचिव प्रेम थापाले बताउनु भएको छ ।

उक्त कार्यक्रम निलिमा सहयोग समितिको आयोजनामा पोखरामा हुन लागेको हो भने यसको लागि टिकट खुला गरि सकिएको छ।
निलिमाको साङ्केतिक भविष्यमा थप सहयोग होस र आगामी नयाँ प्रोजेक्टको लागि भनेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा अहिले सम्म धेरै टिकट बुकिङ भैइ सकेको र अझ एक हप्ता बाकी रहदा थप धेरै टिकट बिक्रि हुने बताईएको छ।निलिमा थापा मगर नेपाल आइडल सिजन 2 को पोखरा अडिसन बाट गोल्डेन माईक बिजेता एक मात्र महिला प्रतिश्पर्धी हुन । नेपाल आइडल सिजन 2 मा निलिमाको यात्रा टप 7 सम्म पुगेको थियो। अचानक स्वास्थ्यमा समस्या आए पछी निलिमाले नेपाल आइडलको मंच छोड्न परेको थियो ।
निलिमा साँझको लागि टिकट बुक गर्न 9813318398/9856037807 मा सम्पर्क गर्न सक्नुहुनेछ।
Online टिकेट पनि उपलब्ध छ |
https://www.aafnoticket.com/buy-now/नीलिमा-साँझ/