‘ए’ डिभिजन लिग फुटबल : थ्री स्टारले एपीएफलाई २-० गाेल अन्तरले हरायाे

‘ए’ डिभिजन लिग फुटबल : थ्री स्टारले एपीएफलाई २-० गाेल अन्तरले हरायाे

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत पाँचौँ चरणको दाेस्राे खेलमा थ्री-स्टार क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । सातदोबाटोमा भएकाे खेलमा थ्री स्टारले एपीएफलाई २–० गाेल अन्तरले हराएकाे हाे । थ्री स्टारका लागि रन्जन बिष्टले खेलको २५औं र ६६ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै थ्री स्टार क्लबले लिगको शीर्ष स्थानमा रहेकोे मनाङसँग अंक बराबर गरेको छ । थ्री स्टारले ५ खेलबाट १२ अंक जोडेको छ भने एक खेल कम खेलेको मनाङको पनि १२ अंक छ । लिग तालिकामा थ्री स्टार दोस्रो स्थानमा रहेको छ । आज भएको पहिलाे खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई ३/० ले पराजित गरेकाे थियाे । जितसँगै पुलिसले ५ खेलबाट १० अंक जोडेको छ । एनआरटी १ अंकका साथ लिगकाे पुछारमा रहेकाे छ ।