एसइइ नतिजामा निजी विद्यालयनै अगाडि

एसइइ नतिजामा निजी विद्यालयनै अगाडि

एसइइको परीक्षामा बढी जीपीएसहित राम्रो नतिजा ल्याउनेमा निजी विद्यालय अगाडि देखिएका छन् । उच्चतम जीपीए ३ दशमलव ६ देखि ४ ल्याउनेमा निजी विद्यालयका विद्यार्थी बढी छन् । बिहीबार प्रकाशित नजिताअनुसार निजी विद्यालयका १४ हजार ७ सय ८८ ले बढी जीपीए ल्याएका छन् ।

तर, सामुदायिक विद्यालयलका २ हजार ७ सय ९२ ले मात्र उच्च जीपीए ल्याएका छन् । राम्रो नतिजा ल्याउने विद्यार्थीमा सामुदायिकको भन्दा करिब सात गुणा बढी निजीका रहेको सार्वजनिक परिणामले देखाएको छ । कम जीपीए ल्याउनेमा भने सामुदायिक विद्यालयका विद्यार्थी बढी छन् । १ दशमलव ६ देखि २ जीपीए ल्याउने निजीका ४ हजार ८ सय विद्यार्थी मध्ये निजीका ४ हजार ८ सय ६२ हुँदा सामुदायिक विद्यालयका ९० हजार ४ सय ४५ छन् ।