भक्तपुरको चाँगुनाराण नगरपालिका वडा नं. १ दुवाकोट खड्कागाँउमा सबै चकित हुने घटना भएको छ । त्यहाँ स्थित एक स्थानीयको घरमा करिब २२ फिट मात्र गहिरो इनारबाट उमालेभन्दा तातो पानी निस्किन थाल्यो ।
त्योपनि ३ दिन पहिलेदेखि सिँधै नुहाँउनै नसकिने तातो पानी आउँन थालेपछि घरबेटी र डेरावाल चकित बने । उनीहरुले छिमेकीलाई बोलाएर त्यो आश्चार्यचकित घटनाका बारे बताए । स्थानीयले थाहा पाएपछि सबै भेला भए ।
सबै छिमेकी भेला भएर पानी छुँदा साँच्चै सबै चकित बने । कसैले नागराजाको खेलका कारण यस्तो भएको आशंका गरे । कसैले भौगर्वीक परिवर्तन भएको हुनसक्ने भन्दै त्रासका कुरा गरे । कसैले ग्यासका कारण त कसैले ज्वालामुखी विष्फोट हुनसक्ने भन्दै आत्तिए ।
कसैले त यो प्रकृतीको उपहार प्राप्त भयो । अब तातोपानीको कुण्ड बनाएर आफ्नो टोलको मुहार नै फेर्ने सपनापनि देखे ।
#janaboli
उमालेभन्दा तातो पानी : भक्तपुरका इनारमा
